पुर्व विद्यार्थीहरु द्वारा छात्रवृत्ति वितरण :
आज मिति २०८१/३/७ गते शुक्रबार यस श्री महेन्द्राेदय मा.वि.मा अध्ययन गरेर विभिन्न क्षेत्रमा याेगदान पुर्याउनु भएका पुर्व विद्यार्थीहरु द्वारा गरिब असाहाय र जेहेन्दार विद्यार्थी तथा गत शै.स. मा हरेक कक्षा बाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप कापी , कलम, ज्यामिति बक्स लगायत स्टेसनरी सामाग्री र विद्यालयका लागि ९ सेट वरावर साँस्कृतिक पाेसाक वितरण गरियाे । यसबाट करिब ५० जना विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन् । उक्त कार्यक्रम विद्यार्थी समाजका पुर्व वरिष्ठ उपाध्यक्ष एवं पुर्ब वडाध्यक्ष तथा पुर्व वि व्य स अध्यक्ष रामकुमार थापाको अध्यक्षता र विद्यालयका प्रधान संरक्षक रामशरण कार्कीकाे प्रमुख आतिथ्यतामा भयाे । पुर्व विद्यार्थी एवं वडा सदस्य रविन्द्र भण्डारीले स्वागत गर्नुभएको उक्त कार्यक्रममा वि.व्य. स. अध्यक्ष रेशम ब. पाख्रिन , पुर्व वि . व्य. स. अध्यक्ष मिम ब.याेञ्जन , पुर्व विद्यार्थीहरु ईन्द्र ब.तामाङ , पुर्व विद्यार्थी एवं समाजसेवी रामकुमार बस्नेत लगायतका पुर्व विद्यार्थीहरुकाे उपस्थिति रह्यो । साे छात्रवृत्ति तथा साँस्कृतिक पाेसाकका लागि सहयोग गर्नुहुने पुर्व विद्यार्थीहरु रामशरण कार्की , रामकुमार थापा , रबिन्द्र भण्डारी ,इन्द्रबहादुर तामाङ , विष्णु थापा ( स्वर्गीय हजुरबा हजुरआमा काे सम्झनामा ), रामकुमार बस्नेत , बुद्व लामा , भिमसेन भण्डारी ,उद्वब भण्डारी , विनाेद कार्की , वीर ब. थापा , हरि कार्की , रुपकाजी लामा , मिङ्ग लामा लगायत हुनुहुन्छ । साे कार्यक्रममा रु ७०२५० बराबर स्टेशनरी सामाग्री र रु ४५००० बराबरको साँस्कृतिक पाेसाक वितरण गरिएको समेत जानकारी गराइयाे ।





















































