सुनकाेशी गाउपालिकाद्वारा आयाेजित जिल्ला स्तरीय अन्तर पालिका प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता मिति २०८१ फागुन ७ गते यसै विद्यालयमा सम्पन्न भयो । सो प्रतियोगिता फागुन ५ देखि ७ गतेसम्म सञ्चालन भएको थियो । वडा अध्यक्ष चक्र वस्नेत काे अध्यक्षता र टपिन्द्र प्रसाद तिमल्सिनाकाे प्रमुख आतिथ्यताका साथै निवर्तमान अध्यक्ष श्रवण कुमार जिसिकाे विशेष आतिथ्यतामा भलिबल प्रतियोगिताको उद्घाटन भएको थियो ।
प्रतियाेगितामा सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहका ९ टिमहरूकाे सहभागिता रहेकाे उक्त प्रतियोगितामा मेलम्ची नगरपालिका टिमले हेलम्बु गाउँपालिका टिमलाई ३-१ सेटमा पराजित गरी प्रथम भएको थियो । त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा सुनकोशी गाउँपालिकाको A टिमले मेलम्चीको दोस्रो टिम सिर्जनशील युवा क्लबलाई पराजित गरेको थियो ।
प्रतियोगिताका विजेता टिम मेलम्ची नगरपालिकाले रु. १०००००/-, दोस्रो हुने टिम हेलम्बु गाउँपालिकाले रु. ७५०००/-, तेस्रो हुने टिमले रु.२००००/- र चौथो हुने टिमले रु. २००००/- सहित कप र मेडल प्राप्त गरेका थिए ।
प्रतियाेगितामा सुनकाेशी गाउँपालिकाको टिमबाट सहभागि खेलाडीहरुलाई गाउपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाबाट टिम जर्सि, पुर्व अध्यक्ष श्रवणकुमा जि. सि., पुर्व वडा अध्यक्ष रामकुमार थापा, समाजसेवि रुपकाजि लामाले ट्रयाकसुट र समाजसेवि रामकुमार बस्नेतले महेन्द्रदय मावि का खेलाडिहरुलाई जर्सी हस्तान्तरण गर्नुभएको थियो ।










